दफा १५
प्रचलित नाप र तौललाई स्टाण्डर्ड नाप र तौलमा परिणत गर्ने
: (१) यो ऐन लागू हुनु भन्दा अगाडि प्रचलनमा रहेको नाप र तौलको परिमाणलाई स्टाण्डर्ड नाप वा तौलको रुपमा अनुसूचीमा उल्लेख गरिएका अनुपातिक दरमा परिणत गर्न सकिनेछ ।
(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उपदफा (१) मा उल्लेख गरिएका नाप वा तौल बाहेक अरु नाप वा तौलको परिमाणलाई स्टाण्डर्ड नाप वा तौलको रुपमा परिणत गर्ने अनुपातिक दर तोक्न सक्नेछ ।
(३) कुनै ऐन वा ऐन अन्तर्गतको कुनै नियम आदेश वा सूचना वा कुनै करार वा लिखतमा उल्लेख गरिएको स्टाण्डर्ड राशि वा नाप बाहेक अरु कुनै नाप वा तौलको परिमाण अवस्था अनुसार अनुसूचीमा वा उपदफा (२) अन्तर्गत निकालिएको सूचनामा उल्लेख गरिएको अनुपातिक दरमा परिणत भएको मानिनेछ ।
(४) कुनै लेनदेख वा व्यवहारको सम्बन्धमा व्यक्त गरिएको कुनै नाप वा तौलको परिमाणलाई स्टाण्डर्ड राशि वा नापको रुपमा यस दफा अन्तर्गत परिणत गर्दा त्यस्तो लेनदेन वा व्यवहारको लागि तोकिए बमोजिमको हिसाबले गरिनेछ ।